बैतडी -जिल्लाको मेलौली नगरपालिकाको आयोजनामा शुक्रबार स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ पुर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको छ ।खोपको मापदण्ड पुरा गरेपछि नगरपालिकालाई पुर्णखोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको हो नगरपालिकाका ९ वटै वडामा रहेका १६ महिना देखि ५९ महिना सम्मका कुल १२३८ जना बालबालिकाले १३ प्रकारको खोप लिइसकेको स्वास्थ्य शाखा प्रमुख नारायण बहादुर चन्दले बताए ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका मेलौली नगरपालिकाका नगरप्रमुख भीम बहादुर चन्दले स्वास्थ्य सेवा जनताको पहिलो प्राथमिकतामा भएकाले जनतामा यसको सहज पहुँच स्थापित गरी गुणस्तरीय र सुलभ सेवा उपलब्ध गराउन नगरपालिका तयार रहेकोे बताए ।
कार्यक्रममा नगर उप–प्रमुख पार्वती बोहरा विष्ट, नगरपालिकाका अन्य निर्वाचित पदाधिकारीहरू, कर्मचारीहरू, सबै वडाका स्वास्थ्य संस्थाका प्रमुखहरु, संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगाएतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा नगरपालिका ९ वटै वडाका स्वास्थ्य संस्थालाई प्रमाण पत्र सहित प्रदान गरिएको छ । साथै आगामी आर्थिक बर्ष २०८०÷०८१ को निति तथा कार्यक्र्म सम्बन्धीस्वास्थ्यकर्मीहरु संग अन्र्तक्रिया कार्यक्रम पनि गरिएको छ ।