गायक अमृत नाथ र जे आर भट्टको “मोहनी” चर्चामा

बैतडी–कलाकार अमृत नाथ र जनकराज भट्ट (जे आर) को मोहनी गित यतिबेला चर्चामा रहेको छ। पछिल्लो समय देउडा गीत मार्फत टिकटकमा निकै चर्चा कमाइ रहेका नाथ र भट्टको सहकार्यमा तयार पारिएको गित चर्चामा रहेको हो।

गीतमा शब्द तथा सगिंत नाथ र भट्टको रहेको छ भने गौरव जोशीको लय रहेको छ। गित अहिले समाजिक सञ्जाल फेसबुक र टिकटकमा निकै भाईरल भईरहेको छ। गितलाई अहिले बिहे, बजभोज र पाटिमा खुबै नाच्ने गरिएको गायक नाथले बताए।

रेडियो मेलौलीको चर्चित डोटेली कार्यक्रम “गौण्याभेट”मा बोल्दै गायक नाथले देउडा शब्दलाई केहि फरक तरिकाले प्रस्तुत गरिएकाले युवा पुस्ता माझ निकै रुचाईएको बताए। देउडा संस्कृतिको सम्मान गरि केहि नया तरिकाले र्याप सहित गित बजारमा ल्याईएको उनले बताएका छन।

ठट्यौली शैलिको यो गित दर्शकहरुले छोटो समयमा नै अत्याधिक रुचाएका छन। देउडा गितलाई सबैले सुन्न सक्ने र मनोरञ्जन लिन सक्ने तरिकाले र्याप हालेको उनले बताएका हुन। देउडा गितलाई केहि नयाँ तरिकाले प्रस्तुत गर्दा सुदूरपश्चिम भन्दा बाहिरका स्रोताले पनि मन पराउने भएकाले गितलाई फरक शैलिमा प्रस्तुत गरिएको जनाएका हुन।

गायक नाथको स्वर र भट्टको र्याप रहेको गितमा भिडियोको निर्देशन रमेश बिजुली बिसि, छायाङ्कन पुस्प भट्टको रहेको छ। भिडियोमा किरन पन्त, भावना भट्ट, रवि सानु, किसु पन्त र रोशन टमटाको अभिनय रहेको छ।

भिडियोलाई अम्रित नाथको युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ। गितलाई माया गरिदिन र आवश्यक सल्लाह सुझाप दिन गायक नाथले सबैलाई आग्रह गरेका छन।

भिडियो हेर्न तलको लिकंमा क्लीक गर्नुहोला ।

Leave A Reply

Your email address will not be published.