बैतडी–मेलौली नगरपालिकाले बर्षे फलफुलका बिरुवा बितरण गर्ने भएको छ। एक सुचना जारी गर्दै ८० प्रतिशत अनुदानमा बर्षे फलफुलका बिरुवा बितरण गर्ने जनाएको छ।
आर्थिक बर्ष २०७९/०८० को बार्षिक स्वीकृत कार्यक्रम अनुसार फलफुल खेति गरिरहेका कृषक/ कृषक समुह/फर्म र उद्यमिहरुलाई अनुदानमा फलफुलका बिरुवा बितरण गर्ने कृर्षि बिकास शाखा प्रमुख अनिल प्रशाद पन्तले बताए। फलफुल खेति गर्न चाहने कृषकहरुले जेठ ३० गतेभित्र आफुलाई आवश्यक पर्ने बिरुवाको बिवरण र हुन आउने रकमको २० प्रतिशत रकम सहित कृर्षि बिकास शाखा मेलौलीमा निबेदन पेश गर्न सकिने उनले बताए।
आँप (कलमि), अनार (बिज), लिचि, सन्तुला (बिजु/कलमि),कागति (बिजु/कलमि), जुनार, अम्बा र चुक अनुदानमा बितरण गरिने जनाईएको छ।
