भुक्तानि प्रकृयामा सहजिकरण गरिदिन मेलौली नगरपालिकाको अनुरोध

बैतडी-प्रधानमन्त्रि रोजगारको भुक्तानि प्रक्रृयामा सहजिकरण गरिदिन मेलौली नगरपालिकाले अनुरोध गरेको छ। आईतबार एक सुचना जारी गर्दै सम्पूर्ण वडाहरुलाई सहजिकरण गरिदिन अनुरोध गरेको हो।

नगरपालिका भरिमा सञ्चालित प्रधानमन्त्रि रोजगार कार्यक्रम अंन्तरगत आर्थिक बर्ष २०७९÷०८० मा सम्पन्न भएका योजनाहरुको भुक्तानि प्रक्रृयामा सहजिकरण गरिदिन आग्रह गरिएको हो।

रोजगार संयोजक सनध्या जोशि र प्रमुख प्रशासकिय अधिकृत सपना कार्किद्धारा जारी गरिएको सुचना मार्फत सबै वडाहरुलाई आग्रह गरिएको हो। प्रधानमन्त्रि रोजगार कार्यक्रम अंन्तरगत योजना सम्पन्न भएका वडाहरुले वडाको सिफारीस, वडास्तरिय अनुगमन, योजनाको फोटो, डोर हाजिर, योजना सम्पन्नको माईन्युट र सुचिकृत भई रोजगार पाएका ब्यक्तिहरुको खाता नम्बर पेश गर्न हुन आग्रह गरिएको हो।

नगरपालिकाद्धारा जारी गरिएको सुचना ।

Leave A Reply

Your email address will not be published.