भोलिबाट मेलौलीमा नेपाल बिद्यालय कर्मचारी परिषदले धर्ना दिने

बैतडी-भोलिबाट मेलौलीमा नेपाल बिद्यालय कर्मचारी परिषदले धर्ना दिने भएका छन। नेपाल बिद्यालय कर्मचारी परिषद राष्ट्रिय समितिको निर्णय अनुसार घोषणा गरिएको आन्दोलन अनुसार धर्ना दिने कार्यक्रम रहेको जनाईएको छ।

आज मेलौली नगरपालिका नगर प्रमुख भिम बहादुर चन्द र प्रमुख प्रशासकिय अधिकृत सपना कार्किलाई जानकारी पत्र दिदै धर्ना कार्यक्रम रहेको जानकारी गरिएको छ। भोलिबाट असार १ गतेसम्म शिक्षा शाखामा धर्ना दिईने नेपाल बिद्यालय कर्मचारी परिषदल मेलौली नगर कार्य समितिका अध्यक्ष उत्तम राज जोशिले बताए।

आफ्ना मागहरु धर्ना कार्यक्रम मार्फत सम्बोधन नभए असार २ गतेबाट बिद्यालय बन्द रहने समेत जनाईएको छ। धर्ना कार्यक्रमको बारेमा ईलाका प्रहरी कार्यालय तस्वदेहि मेलौलीलाई जानकारी गरिएको छ।

नेपाल बिद्यालय कर्मचारी परिषदल मेलौली नगर कार्य समितिले मेलौली नगरपालिकालाई दिएको जानकारी पत्र।

Leave A Reply

Your email address will not be published.