मेलौली-०२ मा एकल महिलाहरुलाई बाख्रा बितरण

बैतडी-मेलौलीमा एकल महिलाहरुलाई बाख्रा बितरण गरिएको छ। भेटेरेनरी तथा पशु सेवा बिज्ञ केन्द्र पाटनले मेलौली नगरपालिका-०२ मा बाख्रा बितरण गरेको नगर प्रमुख भिम बहादुर चन्दले बताए।

१५ जना एकल महिलालाई एक/एक बाख्रा बितरण गरिएको जनाईएको छ। भेटेरेनरी तथा पशु सेवा बिज्ञ केन्द्र पाटनले जिल्लाका प्रत्येक पालिकाका एक वडामा बाख्रा बितरण गर्ने कार्यक्रम अनुसार बितरण गरिएको नगर प्रमुख चन्दले बताए।

जिल्लाका अन्य पालिकामा पनि केहि दिनमै बाख्रा बितरण गरिने भेटेरेनरी तथा पशु सेवा बिज्ञ केन्द्र पाटनका प्रमुख गुमानि दत्त पन्तले बताए। प्रत्येक पालिकाका एउटा वडामा एकल महिललाई बाख्रा बितरण गरिने उनले बताए।

Leave A Reply

Your email address will not be published.