बैतडीको मेलौलीमा सामुदायिक वनमा बनेका अवैध संरचना भत्काइयो

बैतडी- बैतडीमा अवैध संरचना भत्काइएका छन्। जिल्लाको मेलौली नगरपालिका वडा नम्बर ७ र ८ मा सामुदायीक वनमा बनेका अवैध घर तथा टहरा भत्काइएको हो। मंगलबार डिभिजन वन कार्यालय बैतडीले सामुदायिक वन, स्थानिय सरकार, तिनै तहका सुरक्षाकर्मी तथा स्थानीयको सयुंक्त सहयोगमा अवैध घर तथा टहरा हटाएको हो।

स्थानीयले सार्वजनिक ठाउँ ओगेटेर बनाएका घर तथा टहरा हटाइएको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीम प्रसाद कंडेलले बताए। उनले भने, “सार्वजनिक ठाउँमा अवैध रुपमा घर तथा टहरा बनाएर बस्ने तथा व्यपार व्यवसाय गर्ने गरेको पाइएपछि यी घर टहरा भत्काएका हौँ।

स्थानीयले वन प्रसाशन कमजोर भएको मौका छोपेर अवैधरुपमा घर टहरा बनाइ बस्ने तथा व्यापार व्यवसाय गर्ने गरेको पाइएको उनले बताए। राजैनिक दलहरुको आस्वाशनमा सामुदायीक वनमा घर टहरा बनाएको पाइएको बताइएको छ।

एक अर्काको देखा सिखि गर्ने तथा राजनैतिक दलका नेताहरुको अश्वासनमा सार्वजनिक ठाउँमा घर टहरा बनाएर बसोबास गर्ने तथा व्यापार व्यवसाय गर्ने गरेको बताइएको छ।

ग्रामिण क्षेत्रका अधिकासं स्थानीयलाई त वनमा घर बनाउनु हुन्न भन्ने पनि थाहा नै छन्। जनचेतनाको कमीका कारणपनि स्थानीयले अबैध संरचना बनाउने गरेका छन्। सामुदायीक वनमा घर बनाउन हुन्न भन्ने थाहा नहुँदा ठुलो लगानिमा घर बनाएको जिवनसिंह विष्टले बताए।

उनले भने, “नजीकै बसोबास गर्छौ घर खर्च चलाउन सडक किनारमा टहरा बनायौँ। घर खर्च चलाउनका लागि सानो तिनो व्यापार व्यवसाय गरेका हौँ। हामीलाई यसरी घर टहरा बनाउन हुन्न भन्ने थाहा थिएन बनाउँदा खेरि कसैले पनि नबनाउनु भनेनन्। त्यतिबेला नै घर नबनाउनु भनेको भए हामी यति लगानि गर्ने थिएनौँ। ’’

उनले सरकारको कार्यप्रति सहमति पनि जनाए। डिभिजन वन कार्यालयले चालेको यो कदम प्रति स्थानीयले सहमति जनाउँदै धन्याबाद दिएका छन्। अधिकासं ग्रामिण क्षेत्रका नागरिकहरुलाई जनचेतना नहुँदा सार्वजनिक ठाउँमा घर तथा टहरा निर्माण गर्ने गरेका छन् ।

Leave A Reply

Your email address will not be published.