बैतडी-नेपाल बिद्यालय कर्मचारी परिषद राष्ट्रिय समितिले गरेको आन्दोलनमा पञ्चेश्वरका बिद्यालय कर्मचारीको ऐक्यवद्धता जनाएका छन। नेपाल बिद्यालय कर्मचारी परिषद पञ्चेश्वर गाउँकार्य समितिको मंगलबार बसेको निर्णयले ऐक्यवद्धता जनाएको हो।
न्यून पारिश्रमिकमा काम गरिरहेका शिक्षकहको सेवा सुबिधा बृद्धि सम्बन्धिको माग गर्दै सरकारलाई दवाब दिन गरिएको आन्दोलनलाई समर्थन गरिएको हो। नेपाल बिद्यालय कर्मचारी परिषद केन्द्रिय समितिले जेठ २० गतेदेखि सुरु भएको आन्दोलनलाई समर्थन गरेको नेपाल बिद्यालय कर्मचारी परिषद पञ्चेश्वर गाउँकार्य समिति अध्यक्ष गोबिन्द देब भट्टले जानकारी दिए।
स्थानिय सरकार,नेपाल राष्ट्रिय शिक्षक सगठन, नेपाल शिक्षक सघं पालिका कमिटि, अखिल क्रान्तिकारी शिक्षक संगठन, पालिका हिस्टुन संस्थाले शिक्षकहरुका उचित मागको सम्बोदनका लागि आग्रह गरेको जनाईएको छ।