शिवनाथ गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

बैतडी -जिल्लाको शिवनाथ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । बुधबार गाउँपालिकाको केन्द्र सुल्लेखानमा आयोजना गरिएको घोषणा समारोहमा शिवनाथ गाउँपालिका अध्यक्ष कर्ण सिंह साउँदले शिवनाथ गाउँपालिका पूर्ण खोप सुनिश्चितता भएको घोषणा गरेका हुन । गाउँपालिका क्षेत्रभित्र रहेका स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य सेवा केन्द्र तथा खोप केन्द्र मार्फत प्रदान गरिने सबै प्रकारका खोप र सबै उमेर समूहका वालबालिकाले पाएको र पाउने कुराको सुनिश्चितता भएसंगै पालिकालाई पूर्ण खोप सुनिश्चितता गरिएको प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र महताले बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष साउँदले खोप सुनिश्चितता भएको प्रमाणपत्र स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य सेवा केन्दलाई प्रदान गरेका थिए । कार्यक्रममा  सबै वडामा वडा अध्यक्ष,कार्यपालिका सदस्य स्वास्थ्य कार्यालय बैतडीका तथ्याङक् अधिकृत विपिन लेखक स्वास्थ्य निर्देशनालका ईआ.एम.आई.एस.कोर्डिनेटर सुस्मिता रावल लगायत स्वास्थ्य चौकीका प्रमुखहरु सहाभागीता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.