बैतडी-शिबनाथ गाउँपालिका–०२ मा नयाँ पाठ्यक्रम तथा मुल्याङ्कन सम्बन्धि २ दिने तालिम शुरु भएको छ। वडामा रहेका तिनओटा बिद्यालयका सम्पूर्ण शिक्षकहरुको लागि तालिम शुरु गरिएको वडा अध्यक्ष भरत राम पार्किले बताए।
वडा कार्यालयको आयोजनामा सञ्चालन गरिएको तालिम आज समापन गरिने वडा अध्यक्ष पार्किले बताए। तालिममा शिक्षकहरुलाई नयाँ पाठ्यक्रम सम्बन्धि जानकारी गरिने जनाईएको छ। पठन पाठनलाई के कसरि प्रभावकारी बनाउन सकिन्छ भनेर तालिम सञ्चालन गरिएको बताईएको छ।
तालिममा शिबनाथ गाउँपालिका प्राबिधिक साहायक रमेश चन्द, मणिलेक माबिका शिक्षक धर्मानन्द जोशि र नागार्जुन माबि शर्मालीका शिक्षक गोपाल सिह महता प्रशिक्षक रहेका थिए।