बैतडी-मेलौलीमा नेपाली कांग्रेसको पालिका सम्मेलन सम्पन्न भएको छ। नगरपालिका भरिका ९ ओटै वडामा वडा सम्मेलन सम्पन्न भएपछि मंगलबार पालिका सम्मेलन सम्पन्न भएको नेपालि कांग्रेस मेलौली नगर कार्य समिति सभापति प्रमानन्द भट्टले बताए।
पार्टीको संरचना र पार्टी सुदृढीकरण, संगठन बिस्तारका लागि सम्मेलन थालिएको सभापति भट्टले बताए। सम्मेलनले कांग्रेसलाई गतिशील बनाउनका लागि महत्वपूर्ण भूमिका निर्बाह हुने बिश्वास गरिएको छ।
सम्मेलनमा कांग्रेसको संगठनको अवस्था, पार्टीको संरचना, पार्टी सुदृढीकरणका लागि खेल्नुपर्ने भूमिका, संगठन विस्तारका लागि अपनाउनु पर्ने रणनीतिका बिषयमा छलफल भएको जनाईएको छ। यस्तै पार्टीभित्र देखिएका समस्या समाधानका बिषयमा पनि सम्मेलनमा छलफल भएको नेपालि कांग्रेस मेलौली नगर कमिटिले जनाएको छ। अब असार २ गते जिल्ला सम्मेलन हुने नेपाली कांग्रेस बैतडीले जनाएको छ।
अति नै सराहनीय सम्मेलन ।