मेलौलीमा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

बैतडी बैतडीको मेलौली नगरपालिकाले आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना गरेको छ । नेपाल रेडक्रस सोसाइटी बैतडी जिल्ला शाखा र सुरक्षित नेपाल परियोजनाको सहयोगमा मेलौली नगरपालिकामा उक्त शाखाको स्थापना गरिएको हो ।
मेलौली नगरपालिकाको आयोजनामा सो शाखाको स्थापनमा गरिएको हो । मंगलबार नगरपालिकामा एक कार्यक्रमको आयोजना गर्दै स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्रको उद्घाटन गरिएको मेलौली नगरपालिका नगर प्रमुख भीमबहादुर चन्दले बताए ।
मेलौली नगरपालिका भित्रका वडामा तत्काल उद्धार टोली पठाउन आवश्यक सामग्री सहित केन्द्र स्थापना गरिएको नेपाल रेडक्रस सोसाईटीका बैतडी शाखाका फिल्ड कोर्डिनेटर रुपक कठायतले बताए ।समग्र नगरपालिकाका वडामा तत्काल उद्धार टोली पठाउन सकियोस् भन्ने उद्देश्यले केन्द्रको स्थापना गरेको कठायतले बताए । केन्द्रमा उद्धारका सम्पूर्ण सामग्री राखिएको छ ।

Leave A Reply

Your email address will not be published.