खम्पाल आबिमा तिनतारा अभिवृद्धि सम्बन्धि एकदिने पुर्नताजगीक तालिम सम्पन्न

बैतडी–शिबनाथ गाउँपालिका–०४ बगारमा रहेको खम्पाल आबिमा तिन तारा अभिवृद्धि सम्बन्धि एकदिने पुर्नताजगीक तालिम सम्पन्न भएको छ। नगर ईकाई शिबनाथ गाउँपालिकाको आयोजनामा मंगलबार तिन तारा अभिवृद्धि सम्बन्धि एकदिने पुर्नताजगीक तालिम सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक राजेन्द्र सिह महताले बताए ।

खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धीका १० ओटा सुचकहरुको अवस्था के कस्तो छ भनि पुर्नताजगीक तालिम सञ्चालन गरिएको हो।खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धीका मापदण्डहरु पूरा गरेर बिद्यालय तिन तारे घोषणा भएको थियो।

बिद्यालयमा स्वच्छ पिउने पानी सहित पर्याप्त पानीको व्यवस्था, सुरक्षीत स्थानमा बालबालिका लैँगिक अपाँगता, बातावरण मैत्री शौचालय, बातावरणिय सरसफाइ, हरियालि बातावरण, मैनावारी स्वच्छता व्यवस्थापन, सफा स्वच्छ खाद्य पदार्थ सहितको भान्साघर, विपद् जोखीम व्यवस्थापन, प्रर्वधन र दिगोपनका लागि संस्थागत व्यवस्थाको अवस्थाका बारेमा अवलोकन गरिएको जनाईएको छ।

पुर्नताजगीक तालिममा खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धीका सुचकहरुको अवस्था राम्रो रहेको बताईएको छ। तीन तारे विद्यलाय हाम्रो शान, विद्यार्थी शिक्षक र अभिभावक सबैको स्वाभिमान भन्ने नाराका साथ ७८ माघ २९ गते बिद्यालयलाई तिनतारे बिद्यालय घोषणा गरिएको थियो।

शिवनाथ गाउँपालिका र ग्रामिण जलस्रोत परियोजना बैतडीको सहयोगमा विद्यालयलाई तीन तारे विद्यालय सुनिश्चिता घोषणा गरिएको हो ।

Leave A Reply

Your email address will not be published.