मोटरसाइकल दुर्घटनामा परी धनगढीमा एक जनाको मृत्यु

धनगढी -कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको हो ।

धनगढी उपमहानगरपालिका–१७ का ४५ वर्षीय धनिराम चौधरीको मृत्यु भएको छ । प्रहरीका अनुसार से।७ प ५४८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।। दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

Leave A Reply

Your email address will not be published.