कैलालीमा पौडि खेल्ने क्रममा एक बालकको मृत्यु

 

कैलाली– कैलालीमा ९ वर्षीय बालकको मृत्यु भएको छ। जिल्लाको बर्दगोरिया गाउँपालिका–३ बुटकुवाका ९ वर्षीय अमर बि।क।को पौडी खल्ने क्रममा नदिमा डुबेर मृत्यु भएको हो ।

बुधवार घर नजिकैको काँडा नदिमा साथीहरुसँग पौडी खेल्ने क्रममा डुबी बेहोस भएका उनको बर्दगोरिया अस्पताल बौनियामा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बौनियाले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

Leave A Reply

Your email address will not be published.