शिक्षक बिष्टको निधनमा आज मेलौली भरिका बिद्यालयमा शोक बिदा

बैतडी-मेलौली नगरपालिका भरिका बिद्यालय तथा शिक्षण सस्थामा शोक बिदा हुने भएको छ। कमलपुर माबि मेलौली नगरपालिका-०८ कोटिगाँउका शिक्षक राज सिह बिष्टको निधनमा नगरपालिकाले आज शोक बिदा दिएको हो।

आईतबार नगरपालिकाले एक शोक बक्तब्य जारी गर्दै आज पालिका भरिका बिद्यालय तथा शिक्षण संस्थामा शोक बिदा हुने जनाएको हो। जण्डीस रोगबाट ग्रसित शिक्षक बिष्टको यहि असार १ गते शुक्रबार राति ४३ बर्षको उमेरमा निधन भएको थियो।

शिक्षक बिष्ट २०६२ सालदेखि निजि स्रोतबाट शिक्षक पदमा आबद्ध भएका थिए। २०६९ सालदेखि हालसम्म लेखापल पदमा रहेर काम गर्दै आईरहेका बिद्यालयका प्रधानाध्यापक मन्धिर राम लुहारले बताए।

शिक्षक बिष्ट कार्यरत बिद्यालयले हिजो आईतबार शोक बिदा मनाएको छ। सोमबार पनि नगरपालिकाको सुचना अनुसार शोक बिदा मनाउने बिद्यालयले जनाएको छ।

Leave A Reply

Your email address will not be published.