बैतडीको मेलौलीमा पनि मनाइयो नवौँ अन्तर्राष्ट्रिय योग दिवस

बैतडी-मेलौलीमा पनि नवौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ। देश भरि जस्तै मेलौलीमा पनि आज नवौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइएको जिल्ला आयुर्बेदिक स्वास्थ्य केन्द्र मेलौलीका निमित्त प्रमुख हिकमत बहादुर चन्दले बताए।

मानवताको लागि योग, मेरो स्वास्थ्य मेरो जिम्मेवारी, योग गरौ स्वस्थ्य रहौ भन्ने नाराका साथ जिल्ला आयुर्बेदिक स्वास्थ्य केन्द्र मेलौलीको आयोजनामा नवौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइएको जनाईएको छ। योगका विभिन्न आसन र प्राणायाम गरि कार्यक्रम मनाइएको जनाईएको छ।

स्वस्थ रहनका लागि मानव जीवनमा योगको महत्वपूर्ण भूमीका रहेको उनको भनाई छ। आसन प्राणायाम गर्दा नसा च्यापिएको, मुटुरोग सम्बन्धि, स्वास रोगका लागि योग आवश्यक रहेको उनले बताए। स्वस्थ जीवनका लागि योग गर्न अपरिहार्य रहेको भन्दै उनले योगले फिटसेन राख्नुका साथै चित्त शुद्धि, मन समेत शान्त राख्ने काम गर्ने बताए।

व्यवहारिक हिसाबले शरीर, मन र भावनालाई सन्तुलित गर्ने र तालमेल मिलाई राख्ने एक साधनको रुपमा योग मानिन्छ। योगले शरीरको अंग, मांशपेशी, नसालाई चुस्त र तन्दुरुस्त राख्ने काम गर्दछ। पछिल्लो समय शारीरिक एवं मानसिक उपचारमा योग सर्बोत्तम बिकल्प मानिएको छ ।

मधुमेह, उच्च रक्तचाप, दम, युरिन एसिड, पाचन विकार, बाथ जस्ता रोगको नियन्त्रण एवं निदानका लागि योग अपरिहार्य रहेको आयुर्बेदिक चिकित्सकहरुको भनाई छ। मानसिक तथा शारीरिक विकार हटाएर शरीरलाई स्वस्थ्य बनाउन योगले महत्वपूर्ण काम गर्ने उनिहरुले बताए।

Leave A Reply

Your email address will not be published.