शिबनाथ गाउँपालिकाको ११ औँ गाउँसभा यहि असार १० गते हुदै

बैतडी-शिबनाथ गाउँपालिकाको ११ औँ गाउँसभा यहि असार १० गते हुने भएको छ। गाउँपालिकाले एक सुचना जारी गर्दै सो जानकारी गराएको हो।

आर्थिक बर्ष २०८०/०८१ को बार्षिक निति कार्यक्रम तथा ११ औँ गाउँसभा असार १० गते आईतबार हुने प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र सिह महताले बताए। गाउँपालिकाको सभाहलमा बिहान ११ बजेदेखि बार्षिक निति कार्यक्रम तथा गाउँसभा सञ्चालन हुने जनाईएको छ।

कार्यक्रममा गाउँसभाका सम्पूर्ण सदस्यहरुलाई उपस्थित भईदिन अनुरोध गरिएको छ।

Leave A Reply

Your email address will not be published.