बैतडीको मेलौलीका भट्ट राष्ट्रिय क्रिकेट टोलीमा छनौट

बैतडी-मेलौली नगरपालिका–०७ काडाँका नरेन भट्ट राष्ट्रिय क्रिकेट टोलीमा छनौट भएका छन। भट्ट यु–१६ एसिसि क्रिकेट ईष्ट जोन कप क्रिकेट प्रतियोगिता खेल्न राष्ट्रिय टिममा छनौट भएका छन। नेपालको तर्फबाट छनौट भएका भट्ट आगामि जुन २४ देखि जुलाई ५ सम्म मलेसियामा सञ्चालन हुने प्रतियोगितामा छनौट भएका हुन।

जिल्ला र क्षेत्रिय स्तरका प्रतियोगितामा सहभागि भईसकेका भट्ट छनौट भएकोमा बैतडी जिल्ला क्रिकेट संघले बधाई दिदै उज्ज्वल भविष्यको समेत कामना गरेको छ।

बिगत लामो समयदेखि क्रिकेट खेल्दै आएका भट्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा छनोट भएपछि ज्यादै खुसि भएका छन। प्रतियोगितमा राम्रो नतिजा ल्याएर देशको शिर उच्च राख्ने भट्टले बताए।

Leave A Reply

Your email address will not be published.