नेपाली काँग्रेस बैतडीद्धारा शोक वक्तब्य जारी

बैतडी- नेपाली काँग्रेस बैतडीले शोक वक्तव्य जारी गरेको छ।

नेपाली काँग्रेस बझाङ जिल्लाका पुर्व पार्टी सभापति तथा काँग्रेसका नेता एव्म सुदूर पश्चिम प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रि पृथ्वी बहादुर सिंह, उनकी धर्मपत्नी अम्रिता सिंह र भाउजु जयादेवी सिंहको मंगलवार गाडी दुर्घटनामा मृत्यु भएपछी नेपाली काँग्रेस बैतडिले बिहिबार शोक वक्तब्य जारी गरेको हो।

मंगलबार दिउँसो दुई बजेतिरको समयमा डडेल्धुराबाट बझाङ जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा मन्त्री सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटनामा परेको थियो।

दुर्घटनापछि मन्त्री सिंहको उपचारका क्रममा कोहलपुरमा मंगलबार बेलुका ५ बजेर ३३ मिनेटमा मृत्यु भएको थियो ।

मन्त्री सिंहको मृत्युले नेपाली काँग्रेस जिल्ला कार्य समिति तथा बैतडि काँग्रेस परिवारले मृतकप्रति दुख व्यक्त गर्दै उच्च सम्मानका साथ नेपाली काँग्रस पार्टिका सबै तहगत संगठनले अन्य कुनै कार्यक्रम नगरि ३ दिनसम्म आ–आफ्नो कार्यालयमा पार्टिको झण्डा आधा झुकाउन नेपाली काँग्रेस जिल्ला कार्य समिति बैतडीले आग्रह गरेको हो ।

 

Leave A Reply

Your email address will not be published.