बैतडीको शिबनाथमा वन ऐन सम्बन्धि दुईदिने अभिमुखिकरण तालीम सम्पन्न

बैतडी-शिबनाथ गाउँपालिका-०६ मा वन ऐन सम्बन्धि दुईदिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ। ओल्या ओखडानी सामुदायिक बन र बुरौजे सामुदायिक बनका उपभोक्ताहरुलाई दुईदिने अभिमुखिकरण तालिम सम्पन्न दिईएको जनाईएको छ।

वडा कार्यालयको आयोजनामा शुक्रबारबाट अभिमुखिकरण तालिम सञ्चालन गरिएको वडा अध्यक्ष भरत राम पार्किले बताए। ईलाका वन कार्यालय मेलौलीले प्रशिक्षण दिएको जनाईएको छ।

वन ऐनका बारेमा जानकारी, वनको महत्व, वन सम्बन्धि निति, नियम, काम कार्वाहीको बारेमा जानकारी गरिएको जनाईएको छ। तालिममा ५५ जना सामुदायिक बनका उपभोक्ताहरुको सहभागिता रहेको थियो।

Leave A Reply

Your email address will not be published.