शिबनाथको कानली टोलमा मकै राख्न एक घर–एक पोल निर्माण सम्पन्न

बैतडी-शिबनाथ गाउँपालिका–०६ को कानली टोलमा मकै (घोगा) राख्न एक घर-एक पोल (लुट्याठ) निर्माण कार्य सम्पन्न भएको छ। वडाको आर्थिक बर्ष २०७९/०८० को बिनियोजित बजेटबाट एक घर–एक पोल कार्यक्रम सञ्चालन गरिएको वडा सदस्य धिराज चन्दले बताए।

बर्षेनी फडान हुदै आएको वन जोगाउन र हरियो वन नेपालको धन भन्ने नारालाई अत्मसाथ गर्दै सो कार्यक्रम सञ्चालन गरिएको चन्दले बताए। कानली टोलका करिब ७४ परिवारको घरमा एक पोल निर्माण सम्पन्न र बाकि १५/२० परिवारलाई आगामी आर्थिक बर्षमा समाबेश गर्ने गरिने उनले बताए।

वडाको बजेटबाट एक घर–एक पोल निर्माण गर्न ६ लाख ५० हजार रुपैया बिनियोजन गरिएको जनाएको छ। वडा सदस्य चन्दले आफ्नो अवधारणामा यो कार्य सञ्चालन गरिएको बताएका छन। निर्बाचित भएको एक बर्षको सामुहिक कार्यपनि एहि रहेको उनले जानकारी दिएका छन।

पोल निर्माण गर्न सरिया, सिमेन्ट र बालुवा वडाको बजेटले र गिट्टि स्वयम परिवारले सकंलन गरि निर्माण गरेको चन्दले बताए। वडाको यो कदम एकदमै राम्रो र वन जोगाउनमा निकै सहयोग पुग्ने नागरीकहरुले बताएका छन।

2 Comments
  1. Dhiraj chand says

    न्युज सम्प्रेषण को लागि मेलौलि न्युज परिवार लाइ धन्यवाद

  2. Mahendra chand says

    यो सब आफन्त बाद को लागि मात्र हो दोस्रो सरकार आय को बजेट कसरी पचाउने भन्ने एउटा उपाय हो

Leave A Reply

Your email address will not be published.