बैतडीको शिबनाथ गाउँपालिका–०५ मा शैक्षिक गुणस्तर सुधार सम्बन्धि एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। शनिबार शिबपूर्ण आधारभुत बिद्यालय लामाखालिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको वडा अध्यक्ष केशब चन्दले बताए।
शिबनाथ गाउँपालिका-०५ का सम्पूर्ण सामुदायिक बिद्यालय, प्रधानाध्यापकहरु, शिक्षक, लेखापाल, शिशु सहजकर्ता र कार्यालय सहयोगिका लागि अन्तरक्रिया कार्यक्रम गरिएको वडा अध्यक्ष चन्दले बताए। कार्यक्रममा शैक्षिक गुणस्तर कसरि सुधार गर्न सकिन्छ भनेर छलफल गरिएको जनाईएको छ।
अन्तरक्रिया कार्यक्रममा मणिलेक बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख भवानी सिह नायक र शिवनाथ गाउँपालिका शिक्षा शाखा निमित्त प्रमुख रमेश चन्दले प्रशिक्षण दिएका थिए। कार्यक्रमको प्रमुख आतिथि शिवनाथ गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र सिंह महता र विशिष्ट अतिथि लेखा शाखा प्रमुख देवराज सापकोटा रहनु भएको थियो।