शिबनाथ गाउँपालिकाले ल्यायो ३६ करोड ३४ लाख ६७ हजारको बजेट

बैतडीको शिबनाथ गाउँपालिकाले आगामि आर्थिक बर्षको बजेट सार्बजनीक गरेको छ। आईतबार निति तथा कार्यक्रम र बजेट ल्याउदै गाउँपालिकाले बजेट सार्बजनीक गरेको हो।

गाउँपालिकाले ३६ करोड ३४ लाख ६७ हजार ९ सयको रुपैयाका बजेट साबैजनीक गरेको हो। आगामि आर्थिक बर्ष २०८०/०८१ का लागि गाउँपालिकाले अनुमानित बजेट ११ औँ गाउँसभाबाट सार्बजनीक गरेको हो।

गाउँपालिका अध्यक्ष कर्णसिह साउदले निति तथा कार्यक्रम र बजेट सभामा प्रस्तुत गरेका हुन। नेपाल सरकार राजस्व बाडफाड रकम ७ करोड ४९ लाख १९ हजार ९ सय, बित्तिय समानिकरण अनुदार ७ करोड ७९ लाख, ससर्त अनुदान १७ करोड ३५ लाख प्रस्तुत गरेका हुन।

यसैगरि पुजिगत तर्फ ७० लाख, प्रदेश सरकार बिशेष अनुदान ६५ लाख, प्रदेश सरकार बित्तिय समानिकरण ६१ लाख १५ हजार, प्रदेश सरकार ससर्त अनुदान ३४ लाख ५० हजार, प्रदेश सरकार राजस्व बाडफाड–सवारी साधन कर १० लाख ८३ हजार, आन्तरिक आम्दानी ३० लाख प्रस्तुत गरिएको जनार्ईएको छ।

Leave A Reply

Your email address will not be published.