बैतडीको पञ्चेश्वर गाउँपालिकाले ल्यायो ३८ करोड ७३ लाखको बजेट

बैतडीको पञ्चेश्वर गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ३८ करोड ७३ लाख ७२ हजार २ सय बराबरको बजेट ल्याएको छ। आगामी आर्थिक बर्षका लागि अनुमानित बजेट गाउँसभामा पेश गरेको गाउँपालिका उपाध्यक्ष बीना भट्टले जानकारी दिइन।

गाउँसभामा नीति तथा कार्यक्रम र बजेट पेश गर्दै उनले कृषि र विद्युतीकरणलाई पालिकाले प्राथमिकतामा राखेको उनले बताइन्। सभामा प्रस्तुत गरिएको बजेटलाई क्षेत्रगत हिसाबले असार २५ गतेभित्र विनियोजन गरेर पारित गरिने समेत उनले बताइन्।

Leave A Reply

Your email address will not be published.