मेलौली नगरपालिकाले ल्याएको बजेट कति?

बैतडी-मेलौली नगरपालिकाले आगामि आर्थिक बर्षको बजेट सार्बजनीक गरेको छ। शनिबार निति तथा कार्यक्रम र बजेट ल्याउदै नगरपालिकाले बजेट सार्बजनीक गरेको हो।

नगरपालिकाले ४९ करोड ९३ लाख ९७ हजार ५ सय रुपैयाको अनुमानित बजेट सार्बजनीक गरेको हो। आगामि आर्थिक बर्ष २०८०/०८१ का लागि नगरपालिकाले अनुमानित बजेट १२ औँ नगरसभाबाट सार्वजनीक गरेको हो।

नगर उप-प्रमुख पार्वती बोहर बिष्टले निति तथा कार्यक्रम र बजेट सभामा प्रस्तुत गरेका हुन। पालिकाले ल्याएको बजेटमा कृषि, शिक्षा, स्वास्थ्यलाई पहिलो प्राथमिकता दिईएको छ।

राजस्व बाडफाड सघं अन्तर्गत ८ करोड ९३ लाख ८८ हजार ५००, राजस्व बाडफाड प्रदेश अन्तर्गत ४७ लाख ३५ हजार, बित्तिय समानिकरण सघं अन्तर्गत ९ करोड ४ लाख, बित्तिय समानिकरण प्रदेश अन्तर्गत ७४ लाख २४ हजार प्रस्तुत गरिएको हो।

यसैगरि आन्तरीक श्रोत ५० लाख, गत आर्थिक बर्षको बैंक मौज्जात १ करोड, सशर्त अनुदान सघं अन्तर्गतको २५ करोड ८१ लाख, बिशेष अनुदान सघं अन्तर्गत १ करोड, सम्पूरक अनुदान सघं अन्तर्गत ६० लाख, शसर्त अनुदान प्रदेश अन्तर्गत ३१ लाख ५० हजार, सम्पूरक अनुदान प्रदेशको ३५ लाख, औद्योगित ग्राम स्थापना ९२ लाख, सडक बोट नेपाल पुजिगत तर्फ २५ लाख प्रस्तुत गरिएको नगर उप–प्रमुख पार्वती बोहरा बिष्टले जानकारी दिनुभयो।

Leave A Reply

Your email address will not be published.