भागेश्वर गाउँपालिका–०३ द्धारा जेष्ठ नागरिकहरुलाई सम्मान

डडेल्धुराको भागेश्वर गाउँपालिका-०३ ले जेष्ट नागरिकलाई सम्मान गरेको छ। मंगलबार एक एक कार्यक्रमका बिच ४ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको वडा अध्यक्ष डम्बर राज जोशिले बताए।

भागेश्वर गाउँपालिका गाउँ कार्यपालिकाको प्रत्येक वडामा जेष्ठ नागरिकलाई सम्मान गर्ने निर्णय अनुसार सम्मान गरिएको वडा अध्यक्ष जोशिले बताए। गाउँपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा सम्मान गरिएको जनाईएको छ।

वडामा रहेका चार जना जेष्ठ नागरिकलाई दोसल्ला र केहि नगद सहित सम्मान गरिएको वडा अध्यक्ष जोशिले बताए। अग्रजलाई सम्मान गर्नुपर्छ भन्ने उदेश्यका साथ सम्मान गरिएको हो। आफुहरु सम्मानित हुन पाउदा ज्यादै खुसि भएको जेष्ठ नागरिकहरुले भनाई रहेको छ।

राज्यले बेला बेलामा आफुहरुलाई कुनै न कुनै माध्यमबाट सम्मान गर्दा गर्भको महशुस भएको जेष्ठ नागरिकहरुले बताए। भागेश्वर गाउँपालिकाका अरु वडाहरुले पनि जेष्ठ नागरिकहरुलाई सम्मान गरिसकेको छ।

Leave A Reply

Your email address will not be published.