दिपक राज दिर्घायु
भाद्र २९ मगंलबार,२०७८
बैतडी–बिद्यालय कर्मचारी र बालबिकास शिक्षिकहरुले न्युनतम पारिश्रमिकको माग गर्दै मेलौली नगरपालीकालाई ज्ञापनपत्र बुझाएका छन। सोमबार नगर प्रमुख कृष्ण सिह नायकलाई आफुहरुले पाउने न्युनतम पारिश्रमिक उपलब्ध गराउनका लागी पहल चालिदिन भन्दै ज्ञापनपत्र बुझाएका हुन।
आफुहरुले न्यूनतम पारिश्रमिकमा काम गर्दै आईरहेको र नेपाल सरकारको आर्थिक बर्ष २०७८/७९ को बजेट भाषणमा पनि न्युनतम पारिश्रमिक उपलब्ध गराउने भनि बजेट ब्यवस्था भएकाले सोहि अनुसार आफुहरुले पाउने न्युनतम पारिश्रमिक उपलब्ध गराईदिन भन्दै ज्ञापनपत्र मार्फत माग गरेका हुन।
आर्थिक बर्ष २०७८/७९ को बजेटमा आठ हजार संघिय सरकारले बेहोर्ने र अपुग रकम सात हजार स्थानिय सरकारले बेहोर्ने रणनिति तथा निर्देशन दिएको भएपनि स्थानिय सरकारले कुनैपनि वास्ता नगरेकाले ज्ञापनपत्र मार्फत नगरपालीको ध्यानाकर्षण गराइएको बिद्यालय कर्मचारी र बालबिकास शिक्षिक सर्घष समितिले जनाएको छ।
ज्ञापनपत्र मार्फत नेपालको सबिधान २०७२ ले बिद्यालय तहको शिक्षाको जिम्बेवारी स्थानिय सरकारलाई दिईसकेको अवस्थामा स्थानिय सरकारले बिद्यालय कर्मचारी र बालबिकास शिक्षकहरुलाई पटक–पटक बिभिन्न किसिमका आश्वासन दिएको भएपनि त्यसको सुनुवाई नगरिएको बताईएको छ।
बिगतका दिनहरुमा समेत ज्ञापनपत्र, स्मरणपत्र तथा जानकारी पत्रहरु दिदा कुनैपनि प्रकारको सुनुवाई नभएको र यस बिषयमा यसै भाद्र ३१ गते भित्रसम्म कुनै सुनुवाई नभएमा नगरपालीको कार्यलयमा यसै भाद्र ३१ गतेका दिन धर्ना दिने, असोज १ गतेका दिन नगरपालीकाको कार्यालयमा तालाबन्दि गर्ने, असोज २ गतेका दिन मेलौली नगरपालीका भरिका सम्पूर्ण वडामा तालाबन्दि गर्ने तथा माग पुरा नहुञ्जेल सम्म बिद्यालय बन्द गर्ने र अन्य सर्घषका कार्यक्रम समेत गर्ने सर्घष समितिले जनाएको छ।
ज्ञापनपत्र
