असार १९ गतेसम्म भुक्तानी लिईसक्न मेलौली नगरपालिकाको अनुरोध

बैतडी-मेलौली नगरपालिकाले यहि असार १९ गतेसम्म भुक्तानी लिईसक्न अनुरोध गरेको छ। शुक्रबार एक सुचना जारी गर्दै आर्थिक बर्ष २०७९/०८० मा पालिकाबाट कार्यान्वयन भइरहेका कार्यक्रम, योजना तथा आयोजनाहरुको भुक्तानी लिईसक्न अनुरोध गरिएको हो।

आर्थिक कार्यबिधी तथा बित्तिय उत्तरदायित्व नियमावली २०७७ ले ब्यवस्था गरे अनुरुप भुक्तानी समयमै लिईसक्न अनुरोध गरिएको जनाईएको छ। स्थानीय सञ्चित कोष व्यवस्थापन प्राणालीको सर्भरमा हुन सक्ने सम्भावीत ब्यवस्थाताका कारणले झुक्तानी कार्यमा अवरोध हुन सक्ने भएकाले पालिकाले दिएको समयमै भुक्तानी लिईसक्न अनुरोध गरिएको हो।

पालिकाले तोकेको समय भन्द बाहिर झुक्तानी दिन नसकिने समेत नगरपालिकाले जनाएको छ। पालिकाबाट कार्यान्वयन भइरहेका कार्यक्रम, योजना तथा आयोजनाहरुको क्रियाकलाप सम्पन्न गरि आवश्यक कागजातहरु पेश गरी भुक्तानी लिनहुन अनुरोध गरिएको हो।

Leave A Reply

Your email address will not be published.