घाँस काट्ने क्रममा लडेर बैतडीमा एक महिलाको मृत्यु

बैतडी– घाँस काट्ने क्रममा लडेर बैतडीमा एक महिलाको मृत्यु भएको छ। शनिबार दिउँसो साढे ३ बजेतिर घाँस काट्ने क्रममा मादेव भिरबाट लडेर पाटन नगरपालिका २ ठलकुडाकी ४० वर्षीया लक्ष्मी ऐरको मृत्यु भएको हो।

बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार ऐर लडेर २५० मिटर तल खसेकी थिइन्। घटनास्थलमै उनको मृत्यु भएको हो । मृतकका श्रीमान् रोजगारीको शिलसिलामा भारतमा छन्।

Leave A Reply

Your email address will not be published.