डडेल्धुरामा पाठेघर खस्ने समस्याको तीनदिने निःशुल्क शल्यक्रिया शिविर हुँदै

डडेल्धुरा -डडेल्धुरामा पाठेघर खस्ने समस्याको निःशुल्क शल्यक्रिया शिविर आयोजना हुने भएको छ। स्वास्थ्य कार्यालय डडेल्धुराको आयोजना तथा डडेल्धरा अस्पतालसँगको समन्वय शिविर आयोजना गरिएको हो।

वार्षिक स्वीकृत कार्यक्रमअनुसार पाठेघर (आङ्ग) खस्ने समस्याको शल्यक्रिया शिविर यही असार २३ देखि २५ गतेसम्म जिल्ला सदरमुकामको डडेल्धुरा अस्पतालमा संचालन गरिने कार्यालय प्रमुख केशरबहादुर साउदले जानकारी दिए।

उनले अनुभवी विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क पाठेघर खस्ने समस्या सम्बन्धि शल्यक्रिया शिविर संचालन हुने र शल्यक्रिया सेवाका लागि छनोट भएका पाठेघर खसेका महिलाहरूले उक्त शिविरमा आएर मौकाको फाइदा उठाउन सक्ने बताए। उनले भने, ‘अप्रेसन गर्न आउने महिलाहरूले शल्यक्रिया गर्नुभन्दा एकदिन अगाडि नै अस्पतालमा आई भर्ना भइसक्नुपर्छ।’

Leave A Reply

Your email address will not be published.