डडेल्धुराको अजयमेरुमा उद्यमीसंग वित्तीय सेवामा पहुँच तथा बजारीकरण सम्बन्धी १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम अन्र्तगत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको गाउँपालिका अध्यक्ष उमेश प्रशाद भट्टले बताए।
गाउँपालिकाको १, २, ३ र ४ नम्बर वडामा कार्यक्रम सम्पन्न भएको हो। साना उद्यमीले बित्तीय सेवामा कसरि पहुच पुर्याउने र प्रकृया के कस्तो हुन्छ र बजारीकरण कसरि गर्न सकिन्छ भनि जानकारी स्वरुप अन्तरक्रिया कार्यक्रम गरिएको गाउँपालिका अध्यक्ष भट्टले बताए।
कार्यक्रममा महिलाहरुको उल्लेखनिय सहभागिता रहेको थियो। कार्यक्रममा बैंक तथा बित्तीय संस्थाहरुका पादाधिकारीले उद्यमीहरुलाई कसरी वित्तीय सेवामा सजिलै पहुँच पुर्याउन सकिन्छ भनी जानकारी गराएका थिए।