वन कार्यालयद्वारा डेढलाख बिरुवा निःशुल्क वितरण

बैतडी -डिभिजन वन कार्यालय बैतडीले यस वर्ष करिब डेढ लाख बिरुवा निःशुल्क वितरण गर्दैछ । यहाँको डिभिजन वन कार्यालय र सव डिभिजनहरु कार्यालयहरुमा गरेर जिल्लाका तीन स्थानमा नर्सरी स्थापना गरेर उत्पादन गरेका बिरुवा निःशुल्क वितरण गरिन लागिएका वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलले जानकारी दिनुभयो ।

डिभिजन वन कार्यालयको नर्सरीमा ७० हजार,सव डिभिजन कार्यालय पाटनमा ४० र गोकुलेश्वरमा ३० हजार जडीबुटी र फलफूलका बिरुवा उत्पादन गरेका हुन् ।

नर्सरीमा उत्पादित बिरुवाहरु किसानहरुलाई वृक्षारोपणका लागि निःशुल्क रुपमा वितरण गर्ने कार्य भइरहेको कँडेलले बताउनुभयो । जडीबुटी र फलफूलका गरि विभिन्न १० प्रजातीका विरुवा उत्पादन गरि वितरणको कार्य थालिएको छ ।

नर्सरीमा रिठ्ठा,चाप, ओखर, श्रीखण्ड, खर्सु, लप्सी, डालेघाँस, तेजपात

टिमुर, लगायतका बिरुवा उत्पादन गरिएका हुन् । उहाँले भन्नुभयो,“उत्पादनमुखी बिरुवा उत्पादन गरिएका र बिरुवा रोप्न चाहने व्यक्ती,संघसंस्था,समूह,सामुदायिक र कबुलियती वनहरुलाई लैजान आग्रह छ ।”

किसानको आयआर्जनमा बृद्धिका साथै पर्यावरणीय फाइदाका लागि वन कार्यालयले हरेक वर्ष निशुल्क रुपमा बिरुवा उत्पादन गरेर वितरण गर्ने गरेको छ । गत वर्ष पनि एकलाख भन्दा बढीबिरुवा उत्पादन गरेर वितरण गरेको थियो ।

Leave A Reply

Your email address will not be published.