नाबालिका बलात्कार आरोपमा बैतडीमा एक जना पक्राउ

 

 

बैतडी– बैतडीमा नाबालिक बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको पुर्चौडी नगरपालिका वडा नम्बर–५ कुवाकोटका २० वर्षिय राकेश कुँवर करणी आरोपमा पक्राउ परेका हुन् ।

 

कुँवरले पुर्चौडीकै नाबालिक किशोरीलाई जबर्जस्ती करणी गरेको जाहेरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोक राज जोशीले बताए ।

कुँवरलाई बिहीबार पक्राउ गरिएको र अदालतबाट म्याद थप गरेर अनुसन्धान भैरहेको उनले बताए ।

 

अभियुक्त कुँवरलाई अहिले इलाका प्रहरी कार्यालय पाटनमा राखेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जोशीले बताए ।

Leave A Reply

Your email address will not be published.