खुल्यो दशरथचन्द राजमार्ग

बैतडी -वर्षाका कारण सडकमाथिबाट खसेको पहिरोले गएराति अवरुद्ध भएको दशरथचन्द राजमार्गमा सवारी आवागमन खुलेको छ। राजमार्ग अन्तर्गत गोठलापानी–झुलाघाट सडकखण्डको धारीगाड भन्ने स्थानमा पहिरो खसेकाले राजमार्ग अवरुद्ध भएको थियो।

पहिरो जेसिबीको सहायताले पन्छाएपछि राजमार्ग दिउँसोपछि सञ्चालनमा आएको बैतडीका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

सडक अवरुद्ध हुँदा गोठलापानीबाट झुलाघाट बजार जाने र झुलाघाटबाट छुट्ने सवारीसाधन पूर्ण रुपमा बन्द रहेकामा अहिले सञ्चालनमा आएका छन्। वर्षाका कारण पछिल्लो समय राजमार्ग र ग्रामीण सडक अवरुद्ध हुनुका साथै विभिन्न स्थानमा पहिरो गइरहेको छ।

Leave A Reply

Your email address will not be published.