बैतडी: बाजेको कुटाईबाट एक नातीको हत्या,एक गम्भीर

बैतडी।
बैतडीमा एक बालकको हत्या भएको छ ।

जिल्लाको पुर्चौंडी नगरपालिका ६ मुडेलीधारका दीपक साउँदका २ वर्षीय छोरा रेशम साउँदको हत्या भएको हो ।

रेशमको बाजे ५० वर्षीय गणेश साउँदको कुटाईबाट मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।

यस्तै गणेशकै कुटाईबाट ८ वर्षीय नाती रिजन साउँद गम्भीर घाइते भएका छन् ।

गम्भीर घाइते रिजनको नवजीवन अस्पताल धनगढीमा आइसियुमा राखेर उपचार भइरहेको छ ।

बिहीबार रेशम र रिजनका आमा र हजुरआमा घाँस गएका काट्न गएका बेला बाजे गणेशले उनीहरुमाथि कुटपीट गरेको खुल्न आएको छ ।

कुटपीटपछि गम्भीर रहेका रेशमको डडेल्धुरा अस्पतालमा आज बिहान मृत्यु भएको हो ।

बालकको हत्या गर्ने गणेशलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेर अनुसन्धान गर्ने जनाएको छ ।

रिजन र रेशमका बुवा कामको सिलसिलामा धनगढीमा छन् ।

साउँदले आफ्ना नातीहरुमाथि किन कुटपीट गरे भन्ने कुरा खुल्नसकेको छैन् । तर उनी मानसिक बिरामी रहेका पारिवारिक श्रोतले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.