मेलौली नगरपालिका-६ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

बैतडी । मेलौली नगरपालिका-०६ ले सार्वजनिक सुनुवाई गरेको छ। वडा कार्यालयको आर्थिक वर्ष २०७९/८० को सार्वजनिक सुनुवाई तथा समिक्षा कार्यक्रम सम्पन्न भएको हो।

शुक्रबार वडा अध्यक्ष तारादत्त भट्टको सभाध्यक्षमा सार्वनिक सुनुवाई कार्यक्रम गरिएको हो। वडाको आयोजना र सामुदायिक रेडियो मेलौली एफएम १०१.२ मेगाहर्जको सहजिकरणमा उक्त सुनुवाई कार्यक्रम सम्पन्न भएको अध्यक्ष भट्टले बताए।

उक्त कार्यक्रममा वडा सचिव निर्मला पाठकले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा वडाबासीले प्रश्नहरु गरेका थिए भने प्रश्नको जवाफ वडाअध्यक्षले दिएका थिए।

आगामि बर्षको योजना तथा कार्यक्रमको बारेमा पनि स्थानियहरुले सुझाप दिएका थिए। जनताको मतले निर्बाचित भईसकेपछि सधै जनताको सेवामा तल्लिन रहने र जनमुखी काम गर्दै जाने वडा अध्यक्ष भट्टले बताए।

1 Comment
  1. Jaya singht bhat says

    43 लाख को वडा भवन देख्दा थुइक्क नेताकार्यकर्ता हो किन केहि बोल्दनौ हाम्रै आफ्नै घर बनाउनुस त 40 लाख मा कति राम्रो बन्छ सबैको अँखा फुतेकै हुन त ?

Leave A Reply

Your email address will not be published.