बैतडीको पाटन बहुमुखी क्याम्पस प्रमुखमा भण्डारी नियुक्त

बैतडी– बैतडीको पाटन बहुमुखी क्याम्पस प्रमुखमा विनोदसिंह भण्डारी नियुक्त भएका छन् ।

जिल्लाको पाटन नगरपालिका वडा नं ६ स्थित पाटन बहुमुखी क्याम्पसको प्रमुखमा बिनोदसिंह भण्डारी नियुक्त भएका हुन् ।

क्याम्पसका उपप्राध्यापक समेत रहेका भण्डारीलाई सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति कार्यालयले नियुक्त गरेको हो ।

पाटन नगरपालिका वडा नम्बर ६ नै घरभएका भण्डारी विगत १५ वर्ष देखि क्याम्पसमा अध्यापन गराउँदै आएका छन् । यसअघि पाटन बहुमुखी क्याम्पसमा उत्तम भण्डारी क्याम्पस प्रमुख थिए ।

पाटन बहुमुखी क्याम्पसमा अहिले २ सय ७५ जना विद्यार्थी अध्यानरत रहेका बताइएको छ ।

Leave A Reply

Your email address will not be published.