बैतडी– बैतडीको मणिलेक बहुमुखि क्याम्पसको प्रमुखमा भगिरथसिंह नेगी नियुक्त भएका छन् ।
जिल्लाको मेलौली नगरपालिकास्थित मणिलेक बहुमुखी क्याम्पसको प्रमुखमा नेगि नियुक्त भएका हुन् ।क्याम्पसका उपप्राध्यापक समेत रहेका नेगी लाई सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति कार्यालयले नियुक्त गरेको हो ।
मेलौली नगरपालिका वडा नम्बर १ घरभएका नेगि विगत १३ वर्ष देखि क्याम्पसमा अध्यापन गराउँदै आएका छन् ।मणिलेक बहुमुखी क्याम्पसमा अहिले १ सय ८० जना विद्यार्थी अध्यानरत रहेका बताइएको छ ।