डडेल्धुरामा जंगली च्याँउ खाँदा एक जनाको मृत्यु

 

 

डडेल्धुरा– डडेल्धुरामा जंगली च्याँउ खाँदा एक जनाको मृत्यु भएको छ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ को नवनिर्मित भबनमा काम गर्ने मजदुरको शुक्रवार मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा बर्दियाको बारबर्दिया गाउँपालिका–७ का ५० वर्षीय राम दुलारे थारु रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

जंगली च्याँउ खाएर बिरामी भएका थारुको डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

Leave A Reply

Your email address will not be published.