बैतडीमा पनि मनाइयो ४१ औँ विपी स्मृति दिवस

 

 

 

बैतडी – बैतडीमा पनि विपी स्मृति दिवस मनाइएको छ । विभिन्न कार्यक्रम गरेर जिल्लामा पनि प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला वीपीको ४१ औँ स्मृति दिवस मनाइएको हो ।

विपी बिचार राष्ट्रिय समाज बैतडीको आयोजनामा जिल्लाको शाहीलेकमा विपी स्मृति दिवस मनाइएको विपी बिचार राष्ट्रिय समाज बैतडीका सभापति रमेश सिंह भण्डारीले बताउनुभयो ।
विपीको तस्बिरमा माल्यापर्णका साथै उनका बिचार माथि छलफल गरेर दिवस मानाइएको उहाँले बताउनुभयो । बर्तमान राजनीतिक परिवेशमा विपी विचारको सान्दर्भिकता विचार गोष्ठीको आयोजना गरेर ४१ औँ स्मृति दिवस मनाइएको उहाँले बताउनुभयो ।
विपी स्मृति दिवस कार्यक्रममा बोल्ने वक्ताहरुले नेपाली कांग्रेस अहिले विपी विचार भन्दा बाहिर गएको महशुस भएकाले विपी विचारमा अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको जन्म १९७१ साल भदौ २४ गते भएको थियो भने २०३९ साल साउन ६ गते निधन भएको थियो । २०१५ सालको संसदीय चुनावपछि २०१६ साल जेठमा उहाँ पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो ।

 

Leave A Reply

Your email address will not be published.