बैतडी । मेलौली नगरपालिका-०७ ले सार्वजनिक सुनुवाई गरेको छ। वडा कार्यालयको आर्थिक वर्ष २०७९/०८० को सार्वजनिक सुनुवाई तथा समिक्षा कार्यक्रम सम्पन्न भएको हो।
शनिबार वडा अध्यक्ष रामचन्द्र भट्टको सभाध्यक्षमा सार्वजनीक सुनुवाई कार्यक्रम गरिएको हो। वडाको आयोजना र सामुदायिक रेडियो मेलौली एफएम १०१.२ मेगाहर्जको सहजिकरणमा सुनुवाई कार्यक्रम सम्पन्न भएको अध्यक्ष भट्टले बताए।
कार्यक्रममा वडा सचिव चिन्तामणि भट्टले ३४ लाख ५० हजार ७ सयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। सार्वजनिक सुनुवाई कार्यक्रममा वडाबासीले प्रश्नहरु गरेका थिए भने प्रश्नको जवाफ वडाअध्यक्षले दिएका थिए।
सुनुवाई कार्यक्रममा आगामि बर्षको योजना तथा कार्यक्रमको बारेमा पनि स्थानियहरुले सुझाव दिएका थिए। जनतावाट आएका गुनासा, चासो, सम्मान र कदरले आफुलाई काम गर्ने आत्मबल बढेको वडा अध्यक्ष भट्टले बताए।
आर्थिक बर्ष २०७९/०८० मा चालू र पुजिगत तर्फ ९८ प्रतिशत बजेट कार्यान्वयन भएको र योजना निर्माण तर्फ शत प्रतिशत कार्यान्वयन भएको समेत वडा अध्यक्ष भट्टले बताए। जनताको मतले निर्बाचित भईसकेपछि सधै जनताको सेवामा तल्लिन रहने र जनमुखी काम गर्दै जाने वडा अध्यक्ष भट्टले बताए।