बैतडीको मेलौली ७ मा रास्वपाको वडा स्तरीय समिति गठन

बैतडी-राष्ट्रिय स्वतन्त्र पार्टी मेलौली नगर समितिले वडा नं ७ मा वडास्तरीय तदर्थ समिति गठन गरेको छ । राज सिंह भाटको सभापतित्व ११ सदस्यीय वडा स्तरीय तदर्थ समिति गठन गरिएको मेलौली नगर समिति सभापति अर्जुनदत्त भट्टले जानकारी दिए ।
रास्वपाका मेलौली नगर सभापति अर्जुन दत्त भट्टको प्रमुख आतिथ्यतामा वडा समिति गठन गरिएको हो ।
रास्वपाप्रति स्थानीय युवाहरुको सक्रिय सहभागिता रहेको मेलौली नगर समितिले जनाएको छ । सबै वडामा तदर्थ समिति गठन गरिसकेपछि नयाँ ढंगबाट कार्यक्रम अघि सारिने बताइएको छ ।
यसैगरी उक्त वडा समिति गठन कार्यक्रममा सहभागि रास्वपाका नेता कार्यकर्ताहरुले वृक्षारोपण गरेका थिए ।
मेलौली नगर समितिले सामाजिक कार्यमा अग्रसर भइरहेको छ । केहिदिन पहिले केशरपूर स्वास्थ्य केन्द्रलाई स्तरिय डस्टबीन सहयाग गरेको थियो । आर्थिक अभावमा उपचार गर्न समस्यामा परेकाहरुलाई पनि सक्दो सहयोग गरिरहेको छ ।

 

Leave A Reply

Your email address will not be published.