मेलौली नगरपालिका–०८ ले उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीलाई सम्मान गर्ने

बैतडी । मेलौली नगरपालिका-०८ कोटिगाउले उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीलाई सम्मान गर्ने भएको छ। शनिबार एक सुचना जारी गर्दै आर्थिक बर्ष २०८०/०८१ मा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीलाई नगद रकम सहित सम्मान गर्ने वडा अध्यक्ष तपेन्द्र सिह बिष्टले बताए।

आर्थिक बर्ष २०८०/०८१ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार वडामा रहेका दुई बिद्यालय कमलपुर माबि र गंगेश्वर आबिमा कक्षा ८ र १० मा राम्रो ग्रेड ल्याउने बिद्यार्थीलाई सम्मान गरिने जनाईएको छ। ९० प्रतिशत वा सो भन्दा माथि नतिजा ल्याउने बिद्यार्थीलाई ५० हजार, ८० प्रतिशत वा सो भन्दा माथि नतिजा ल्याउने बिद्यार्थीलाइ २५ हजार, ७० प्रतिशत वा सो भन्दा माथि नतिजा ल्याउने बिद्यार्थीलाइ १० हजार र ६० प्रतिशत वा सो भन्दा माथि नतिजा ल्याउने बिद्यार्थीलाइ ५ हजार रुपैया सहित सम्मान गरिने वडा अध्यक्ष बिष्टले बताए।

बिद्यार्थी र बिद्यालयको शैक्षिक स्तर माथि उकास्नका लागि वडाले यो कदम चालेको जनाईएको छ। यसले बिद्यार्थीको मनोबल बढाउने बिश्वास गरिएको छ।

Leave A Reply

Your email address will not be published.