बैतडी । मेलौली नगरपालिकाले मौजुदा सुचि दर्ताका लागि निबेदन दिन आग्रह गरेको छ। शुक्रबार एक सुचना जारी गर्दै मौजुदा सुचि दर्ताका लागि आग्रह गरिएको हो।
आर्थिक बर्ष २०८०/०८१ मा आवश्यक पर्ने समान तथा सेवा खरिद गर्न मौजुदा सुचि दर्ताका लागि आग्रह गरिएकोहो। सुचि दर्ताका लागि ईच्छुक ब्यक्ति, फर्म, संस्था वा कम्पनीले सार्बजनीक खरिद नियमावली २०६४ को अनुसुचि २ (क) बमोजिकको ढाचामा निबेदन दिन सक्ने नगरपालिकाले जनाएको छ।
