बैतडी । दुबै मृगौला गुमाई उपचारमा रहेकि मेलौली नगरपालिका-०२ सलेनाकि लक्ष्मी भट्टको उपचारका लागि सञ्चालन गरिएको आर्थिक संकलन अभियान जारी रहेको छ। देश तथा बिदेशबाट हालसम्म ३ लाख ८४ हजार ५ सय ९४ रुपैया संकलन भएको अभियान्ता महेश दत्त भट्टले बताए।
घरको आर्थिक अवस्था निकै कमजोर भएका कारण उनको उपचारका लागि सामाजिक सञ्जाल फेसबुक मार्फत आर्थिक संकलन अभियान गरिएको छ।लामो समयसम्मको उपचारले धेरै रुपैया खर्च भईसकेको परिवारले जनाएको छ।
भट्टको उपचारमा भएभरको रुपैया उपचारमा सकिए पश्चात सहयोगि मनहरुलाई आर्थिक सहयोग गरिदिन आग्रह गरिएको छ। घरको आर्थिक अवस्था निकै कमजोर भईसकेकाले आर्थिक सहयोगको याचना गर्नु परेको परिवारिक स्रोतले जनाएको छ।
४० वर्षको लाउँलाउँ खाउँखाउँ भन्ने उमेरमै आमाले दुबै मृगौला गुमाउदा निकै समस्या भएको छोराले दुःख ब्यक्त गरे। थोपा–थोपा मिलि समुन्द्र बन्छ भने जस्तैं स–सानो सहयोगले ठुलो काम गर्न सकिने भन्दै आर्थिक सहयोग गरिदिन आग्रह गरिएको छ।
भट्टको उपचारको लागि बढि नै खर्च लाग्ने भएकाले आर्थिक संकलन अभियान जारी रहने अभियान्ता भट्टले बताए। देश तथा बिदेशबाट सहयोगि हातहरु जोडिदै गईरहेको समेत उनले बताए।
केहि दिन अगाडी भट्टलाई भेटन नेपालि कांग्रेसका नेता रमेश लेखक बिर अस्पतालमा पुग्नु भएको थियो। नेता लेखकले भट्टको डायलासिस निशुल्क गरिदिन र उपचारमा कुनै लापरबाहि नगर्न अस्पताललाई आग्रह समेत गर्नु भएको थियो।






