बैतडी । गायक तथा सर्जक विक्रम कुँवर (प्रतीक)को ‘मेरा बाँज परदेश बाइग्या’बोलको ठाडी भाका बजारमा आएको छ। विक्रम कुँवर प्रतिक युट्युब च्यानलबाट उक्त ठाडी भाका बिहीबार सार्वजनिक गरिएको हो।
बैतडीको पुर्चौंडी नगरपालिका कुवाकोट घर भएका कुँवरले पछिल्लो समय बजारमा ल्याएको ठाडी भाकामा रोजगारीका लागि परदेश गएकाहरुको पीडा समेटिएको छ।
उक्त गीतमा कुँवरको शब्द,लय र स्वर रहेको छ भने स्वरमा गायिक धर्मा बोहरा ९भावना०ले साथ दिएकी छन्। दिपक संगम विसी एरेन्जर रहेको गीतको निर्देशन भीम थापाले गरेका छन्। गीतमा उर्मिला कुँवर र ललित साउँदको अभिनय रहेको छ।
माओवादी निकट जनसाँस्कृतिक महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष तथा सुदूरपश्चिम इन्चार्ज समेत रहेका कुँवरले यसअघि पनि झुपडीका आवाज,पुर्चौंडी घुमौला,मान्छे मान्छे बिचको भेदभाव ,जाउ है साथी र लिपुलेक हाम्रै हो लगायतका दर्जन बढी गीत बजारमा ल्याइसकेका छन्।