आफ्नै शरीरमा मट्टीतेल छर्केर आगो लगाएकी दार्चुलाकी सुना साउँदको मृत्यु

दार्चुला – आफ्नै शरीरमा मट्टीतेल छर्केर आगो लगाएकी दार्चुलाकी सुना साउँदको मृत्यु भएको छ ।

शैल्यशिखर नगरपालिका–५ सेतकलाकी अन्दाजी ४५ वर्षीया सुना साउँदले आईतवार बिहान ११ बजेतिर घरमा कोहि नभएको बेला शरीरमा मट्टीतेल छर्केर आगो लगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

प्रहरी निरीक्षक सिंहका अनुसार आगोबाट जलेर गम्भीर घाइते भएकी उनको उपचारका लागि धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । उपचारका लागि धनगढी लैजाने क्रममा बैतडीको पाटन पुग्दा हिजो नै उनको मृत्यु भएको हो ।

मृतकको शव पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ । सुनाले आफ्नै शरीरमा आगो लगाउनुको कारण भने खुलेको छैन् । घटनाको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.