जनतासँग माओवादी विशेष अभियानको पूर्वसन्ध्यामा मेलौलीमा छलफल

बैतडी-नेकपा माओवादी केन्द्रको जनतासँग माओवादी विषेश अभियानको पूर्वसन्ध्यामा* बैतडीको मेलौलीमा छलफल कार्यक्रम सम्पन्न भएको छ ।अभियानको तयारी स्वरूप नगर कमिटिको बैठक बसेर छलफल गरिएको हो ।

छलफल बाट भाद्र १६ गतेदेखि सुरु हुन गइरहेको जनतासँग माओवादी रुपान्तरण अभियानका लागि प्रतिनिधिहरु तोकिएका छन ।उक्त अभियान अन्र्तरगत पहिलो दिन भाद्र १६ गते वडाहरुमा विशेष आन्तरिक अभियानको कार्यक्रम हुने छ ।
उक्त बैठकबाट वडास्तरमा पनि संयोजकहरु तोकिएको छ ।वडा नं १ लोकमणि भट्ट र खेम राज भट्ट २,३ पदम दयाल खेम राज भट्ट र ४ का लागि वडा न ४ हर्क बहादुर चन्द ५ सुरेश परियार ६ तारा भट्ट र कृष्ण पार्की ७ धर्म सिंह दयाल मिना भट्ट ८,९ मा बल्देव भट्ट र रामचन्द्र भट्ट लाई संयोजक तोकेको छ ।
माओवादी केन्द्र जनतासँग नै रहेकाले यस अभिानलाई शसक्त तुल्याउन सबै प्रतिनिधिहरु जोडतोडका साथ लागि परेको मेलौली नगर कमिटि अध्यक्ष पदम दयालले बताउनु भयो ।
वडास्तरबाटै रुपान्त्रण अभियान सुरु भइरहकोमा पालिका देखि जिल्ला स्तरसम्म जारी रहने छ ।मंगलबार नगर कमिटि अध्यक्ष पदम दयालको अध्यक्षतामा बसेको बैठकमा प्रमुख अतिथि केन्द्रिय सदस्य राम प्रशाद तिमल्सिना, विक्रम कुवर प्रतिक प्रदेश कमिटी सदस्य विशिष्ट अतिथी रहनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.