दार्चुला – दार्चुलामा डेंगु संक्रमणबाट एक किशोरीको मृत्यु भएको छ ।
जिल्लाको महाकाली नगरपालिका–९ दत्तुकी १४ वर्षीया जेलिना चैंसिरको डेंगु संक्रमणबाट मृत्यु भएको हो । भदौ ७ गते जिल्ला अस्पताल दार्चुलामा डेंगु पोजेटिभ देखिएकी चैंसिरलाई उपचारका लागि भारतको हल्द्वानी लगिएको थियो ।
उनको उपचारकै क्रममा गएराति मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । उनी राष्ट्रिय मावि दत्तुमा कक्षा ९ मा अध्ययनरत थिइन् ।
दार्चुलामा सन् २०२३ को अहिले सम्म १९४ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका खोप अधिकृत विरेन्द्र भट्टले जानकारी दिए ।